Comments Add Comment

साहिदको ‘जर्सी’ तिहारमा रिलिज हुने

भारतमा हल खुलेसँगै चलचित्रको निर्माणमा मात्र वृद्धी भएको छैन, निर्माताले प्रदर्शन मिति पनि धमाधम तोक्न थालेका छन् । नायक साहिद कपुर अभिनित चलचित्र ‘जर्सी’को प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्र नोभेम्बर ५ तारिखबाट रिलिज हुने पक्का भएको छ । नायक साहिद कपुरले सामाजिक संजालबाट चलचित्र तिहारमा रिलिज हुन लागेको बताएका छन् ।

भारतमा तिहारमा एक सातासम्म बिदा हुन्छ । यसैले पनि यो मितिमा चलचित्र प्रदर्शन गर्न निर्माताहरु हानथाप गर्छन् । यो मितिमा अन्य केही चलचित्र पनि आउने चर्चा भएपनि पक्का भएको थिएन ।

साहिदको ‘जर्सी’ले एक क्रिकेटरको असफल कथा भन्छ । आफ्नो छोराको जर्सी मोहका लागि ३० बर्षपछि मैदानमा फर्किएको एक क्रिकेटरको रोचक कथा यो चलचित्रमा प्रस्तुत गरिएको छ ।

यो चलचित्रमा म्रुनाल ठाकुर र पंकज कपुरको पनि मुख्य भूमिका छ । यो तेलुगु चलचित्र ‘जर्सी’को रिमेक चलचित्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment