Comments Add Comment

अभियन्ता राधा बस्यालको स्मृतिमा २ लाख रुपैयाँको अक्षय कोष स्थापना

४ माघ, काठमाडौं । पत्रकार एवं अभियन्ता राधा बस्यालको स्मृतिमा २ लाख रुपैयाँको अक्षय कोष स्थापना गरिएको छ ।

स्वर्गीय राधा बस्यालले स्थापना गरेको उक्त फाउन्डेसनमा परिवारकोतर्फबाट दुई लाख रुपैयाँको ‘राधा स्मृति अक्षय कोष स्थापना गरिएको फाउन्डेशनका अध्यक्ष प्रकाश बस्यालले जानकारी दिए ।

त्यस्तै फाउण्डेसनले क्यान्सर सचेतना र हिंसाविरुद्ध कलम चलाउने एकजना पत्रकारलाई २० हजार नगद राशीसहित पुरस्कृत गर्ने भएको छ । पुरस्कृत हुनका लागि हरेक वर्ष वैशाखदेखि पुस मसान्तसम्म प्रकाशित तथा प्रकाशित तीनवटा समाचार हुनुपर्ने, त्यसमा एउटा समाचार क्यान्सरविरुद्धको सचेतना अनिवार्य हुनुपर्ने बताए ।

‘आज हामीले २ लाख रुपैयाँको पत्रकारिता कोष स्थापना गरेका छौँ । त्यसैको व्याजबाट आउने रकमबाट एकजना पत्रकारलाई नगद २० हजार रुपैयाँबाट सम्मान गर्नेछौँ । पुरस्कारको नाम ‘राधा क्यान्सर सचेतना तथा हिंसारुविरुद्ध पत्रकारिता पुरस्कार’ भनिएको छ,’ अध्यक्ष बस्यालले भने ।

उनले पुरस्कारका लागि ४ माघ (आज) देखि ४ फागुनसम्म आवेदन खुल्ने र स्वर्गीय राधा बस्यालको जन्मजयन्तीको अवसरमा ९ फागुनमा वितरण हुने बताए ।

पत्रकारिता र हिंसाविरुद्धको अभियानमा क्रियाशिल राधाको स्तन क्यान्सरबाट गत कात्तिक १४ गते निधन भएको थियो ।

उनी करिब अढाई वर्षदेखी क्यान्सर रोगसँग लडिरहेकी थिइन् । आफूमा क्यान्सर रोग देखा परिसकेपछि उनले आफ्नो नामबाट सचेतना फाउन्डेशन स्थापना गरी समाजमामूलक कार्यमा सक्रिय हुँदै आएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment