+
+

सुन तोलामा दुई सयले घट्यो

रासस रासस
२०७७ माघ ५ गते १२:५३
फाइल तस्वीर

५ माघ, काठमाडौँ । लगातार ओरालो लाग्दै आएको सुनको मूल्यमा सोमबार पनि झिनो ह्रास देखिएको छ । स्थानीय बजारका लागि तोकिएको मूल्यअनुसार सोमबार छापावाला सुन तोलामा रु २०० ले घटेको छ ।

प्रतितोला रु ९१ हजार ८०० मा आइतबार कारोवार भएको छापावाला सुन सोमबार भने तोलामा रु ९१ हजार ६०० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।

यस्तै तेजाबी सुन आइतबार तोलामा रु ९१ हजार ३०० मा कारोवार भएकामा सोमबारका लागि भने रु ९१ हजार १०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । चाँदी तोलामा रु एक हजार २३० मा कारोवार हुनेछ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?