Comments Add Comment

पीएम कप : लुम्बिनीकाे विजयी सुरुवात

६ माघ, काठमाडौं । सन्दिप रजाली र साैरभ खनालकाे अर्धशतक अनि अनिल खरेलकाे ४ विकेट मद्दतमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियाेगितामा विजयी सुरुवात गरेकाे छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा मंगलबार ‍भएकाे समूह बी काे खेलमा लुम्बिनीले प्रदेश २ लाई ७७ रनले पराजित गरेकाे हाे ।

लुम्बिनीले दिएकाे २५८ रनकाे लक्ष्य पछ्याएकाे प्रदेश २ ले ४२.४ ओभर खेल्दैे सबै विकेट गुमाएर १८० रन मात्र बनायाे ।

प्रदेश २ का लागि विवेक यादवले अर्धशतक प्रहार गरे । उनले ४९ बल खेल्दै ३ चाैका र ३ छक्का मद्दतमा ५१ रन बनाए ।

ओपनर सुधिर चाैधरीले ४२, मेहबुब आलमले ३१ र हरिशंकर शाहले २२ रन बनाए ।
२५औं ओभर १०५ रन हुँदा मेहबुब तेस्राे विकेटकाे रुपमा आउट भएपछि प्रदेश २ काे इनिङ्स धरासयी बनेकाे थियाे । तर विवेक यादवले आक्रमक ब्याटिङ गर्दै हार अन्तर कम पारे ।

प्रदेश २ लाई अलआउट गर्न लुम्बिनीका अनिल खरेलले १० ओभरमा २ मेडन राख्दै २९ रन खर्चेर सर्वाधिक ४ विकेट लिए ।

यस्तै दिपेन्द्र रावत र विक्रम भुषालले समान २ विकेट लिए भने कप्तान कृष्ण कार्की र अमित तामाङले समान १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे लुम्बिनीले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २५७ रन बनाएकाे थियाे ।

लुम्बिनीका लागि सन्दिप रजालीले १०७ बल खेल्दै ११ चाैका मद्दतमा सर्वाधिक ८३ रन बनाए । यस्तै साैरभ खनालले ५६ र विक्रम भुसालले ३६ रन जाेडे ।

बलिङमा प्रदेश २ का हरिशंकर शाहले ३ र दिव्याँशु मल्लिकले २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment