
७ माघ, काठमाडौं । कास्कीको पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरा महानगरपालिका–२९ की ३५ वर्षीया महिला र स्याङ्जाको बिरुवा गाउँपालिका–५ की ७० वर्षीया महिलाको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो ।
पोखराकी ३५ वर्षीया महिलामा पुस २९ गते कोरोना संक्रमण पुष्टि भएकोमा उपचारको क्रममा बुधबार बिहान ७ बजे मृत्यु भएको डा. शर्माले बताए ।
स्याङ्जाकी ७० वर्षीया महिलामा मंगलबार संक्रमण पुष्टि भएकोमा उपचारको क्रममा बुधबार बिहान ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4