+
+
Shares

नेप्से परिसूचक बढ्दा पनि बैंकका लगानीकर्ताले किन गुमाए ?

रोयल आचार्य रोयल आचार्य
२०७७ माघ ८ गते १७:४९

८ माघ, काठमाडौं । साताको अन्तिम कारोबार बिहीबार नेप्से परिसूचक करिब ३२ अंकले बढ्यो । सेयर कारोबार मापक नेप्से परिसूचक बढेर नेपाली सेयरमा नयाँ रेकर्ड बन्यो । नेप्से परिसूचक २ हजार ३ सय ७४ दशमलव ६४ अंकमा पुगेर बन्द भएको छ । जुन हाल सम्मकै उच्च हो ।

समग्रमा बजार उर्लिए पनि धेरै कम्पनीका सेयर मूल्यहरु घटे । स्टान्डर्ड चार्टर्ड बैंक, माछापुच्छ्रे बैंक, सानिमा, एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक, सेञ्चुरी कमर्सीयल लगायतका बैंकहरुको सेयर मूल्य ओरालो लाग्यो । कृषि विकास बैंक, प्रभु बैंक लगायतको सेयर मूल्य घट्न पनि सकेन, बढ्न पनि सकेन ।

अन्य क्षेत्रका लगानीकर्ताहरुले राम्रै कमाएका छन् । बिहीबार कारोबार भएकामध्ये सबैभन्दा धेरै कमाउनेमा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु देखिएका छन् । सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताहरु देखिएका छन् ।

सपोर्टको १० प्रतिशतले सेयर मूल्य बढेर सर्किक ब्रेक नै लाग्यो । दिनभर कारोबार हुन नपाएको यस संस्थाको सेयर मूल्य १ सय ३८ रुपैयाँले बढेर १ हजार ५ सय १० रुपैयाँ पुगेको छ ।

अन्य क्षेत्रका लगानीकर्ताहरुले पनि कमाएका छन् । तर, बैंकिङ सेक्टरका लगानीकर्ताहरुले भने बिहीबार गुमाउनु पर्‍यो । सीमित केहि बाहेक अधिकांश बैंकको सेयर मूल्य घटेको छ । बैंकिङ परिसूचक बिहीबार ३ दशमलव ८३ अंकले घटेको छ ।

सबै क्षेत्र बढ्दा बैंकिङ चाहिँ किन घट्यो त भन्ने विषयमा विश्लेषकदेखि लगानीकर्तासम्म अचम्ममा छन् । सेयर विश्लेषक तथा पू्र्व बैंकर अनलराज भट्टराई अहिलेको बजार देखेर आफैं छक्क परेको सुनाउँछन् । अहिले बैंकिङ क्षेत्र घट्ने र अरु बढ्नुपर्ने खास कुनै कारण नरहेको उनले बताए । सेयर बजारमा नयाँ रेकर्ड, नेप्से परिसूचक हालसम्मकै उच्च

पहिले धेरै घटेको बजार अहिले सही ठाउँमा आएको उनी बताउँछन् । अहिले अन्य कमजोर रहेका क्षेत्रहरुको पनि सेयर मूल्य बढिरहेको भन्दै उनले बैंकिङ क्षेत्र पनि बढ्ने हो भने ठूलै अंकले बजार उकालो लाग्ने उनले बताए ।

‘अहिलेको बजार किन उचालिएको छ त्यो त म आफै पनि छक्क परेको छु’ भट्टराईले भने, ‘बजार सामान्य हिसाबले घटबढ हुनु स्वाभाविक नै हो, तर केहि सामान्य कम्पनीहरुको सेयर बढ्दा पनि समग्रमा बजार बढेको छ ।’ अहिले तत्कालै बजार झ्याप्पै तल झर्ने सम्भावना भने नरहेको उनी बताउँछन् ।

खहरे खोलाहरु उर्लिए : सभापति पौडेल

नेपाल उद्योग वाणिज्य महासंघको पूँजी बजार फोरमका सभापति अम्बिकाप्रसाद पौडेलले पनि अहिले आफै अचम्ममा परेको बताए । अहिले बजारमा बढ्ने नै भए पनि जुन बढ्नुपर्ने त्यो नबढेको उनले बताए ।

तर, अहिले केही कम्पनीहरुको सेयर मूल्य भने खहरे खोला जस्तै भएको उनको भनाइ छ । यी खहरे खोलाले पनि बजारलाई बेफाइदा भने नगर्ने उनले बताए ।

‘अहिले देखिएको भनेको खहरे खोला उर्लिएको हो, खोलाहरु बढ्दै गएपछि नदीहरु पनि बढ्लान्’ नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्षसमेत रहेका उनले भने, ‘विस्तारै बेंकिङ क्षेत्र पनि बढ्छ, खहरे अन्त्यमा नदीमै विलय हुने हो ।’

बजारलाई नकरात्मक भने अहिले हुने सम्भावना नरहेको उनी बताउँछन् । बजारमा मूल्य बढाउनमा माग र आपूर्तिकै विषय भएको भए पनि सप्लाई बढी भएका कम्पनीहरुको जति बढ्नु पर्ने थियो, त्यो अनुसार सेयर मूल्य बढ्न नसकेकेा उनले बताए ।

यद्यपि, अब राम्रा कम्पनीको मूल्य माथि आउने र कमजोर कम्पनीको सेयर त्यहीँ ठाउँमा हुनुपर्ने उनले बताए । ‘राम्रा कम्पनीहरु माथि आउँछन्, कमजोर कम्पनीहरु यथास्थितिमा रहन्छन्’ उनले भने, ‘खहरे खोलाहरु बगेका छन् भनेर नदी डराउने कुरा हुँदैन, बजार राम्रै दिशामा अघि बढ्छ ।’

बैंकिङ र म्युचुअल फण्डबाहेक सबै हरियाली

बिहीबार बैंकिङ ३.८३ र म्युचुअल फण्ड ०.०५ अंकले घटेको छ । अन्य सबै उपसमूहहरु उकालो लागेका छन् । सबैभन्दा धेरै निर्जिवन बिमा कम्पनी ४.९४ प्रतिशतले वृद्धि भएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?