+

प्रेरणा र सलोनीको जोडी सेमिफाइनलमा पराजित

२०७७ माघ  ९ गते ७:१७ २०७७ माघ ९ गते ७:१७
प्रेरणा र सलोनीको जोडी सेमिफाइनलमा पराजित

९ माघ, काठमाडौं । नेपाली खेलाडी प्रेरणा कोइराला र सलोनी तामाङको जोडी केन्यामा भइरहेको जे फोर आईटीएफ टेनिस प्रतियोगिताको गर्ल्स डबल्सको सेमिफाइनलमा पराजित भएका छन् ।

बिहीबार भएको गर्ल्स डबल्सतर्फको खेलमा रसियन ओल्गा मिशेनिना र जर्मन लुका भिकटोरिया भोको जोडीसंग प्रेरणा र सलोनीको जोडी ७-५, ६-४ ले पराजित भए ।

गर्ल्ड डबल्समा नेपाली खेलाडीले आठौ वरीयता प्राप्त गर्दा ओल्गा र लुकाको जोडी दोस्रो वरीयता प्राप्त थियो ।

यस्तै अर्को सेमिफाइनलमा पहिलो वरीयता प्राप्त केन्याका एन्जेला ओकुटोइ र इरानकी मेस्कातोलजाहरा साफीको जोडी अमेरिकन एस्टन बोवर्स र आइरल्याण्डका सेलिन सिमुयुको जोडीलाई २-१ को सेटमा पराजित गर्दै फाइनल पुगेका छन् ।

प्रेरणा र सलोनीको जोडीले क्वाटरफाइनलमा फ्रान्सका लाउरा गाल्डेनो र लाउना जोपाको जोडीलाई सोझो सेटमा पराजित गर्दै  प्रेरणा र सलोनीको जोडी सेमिफाइनलमा पुगेका थिए । फ्रान्सेली जोडीलाई प्रेरणा र सलोनीको जोडीले ६-३, ६-२ ले हराएको थियो ।

यसअघि सिंगल्सतर्फ भने प्रेरणा दोस्रो चरण र सलोनी पहिलो चरणमै पराजित हुँदै बाहिरिसकेका छन् ।

टेनिस प्रतियोगिता

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय