Comments Add Comment

पीएम कप क्रिकेटमा एपीएफसँग कर्णाली र लुम्बिनीसँग सुदूरपश्चिम खेल्दै

१० माघ, काठमाडौं  । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदैछ ।

समूह ए अन्तर्गत विभागीय टोली एपीएफ र कर्णाली प्रदेशबीचको खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा हुँदैछ ।

समूह ए बाट अर्को विभागीय टोली त्रिभुवन आर्मीले यसअघि नै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ भने प्रदेश १ र गण्डकी प्रदेश बाहिरिसकेको छ ।

अब एपीएफ र कर्णालीमा एक टिममात्र सेमिफाइनल पुग्नेछ । यसअघि लगातार दुई खेल जितेको एपीएफले कर्णालीलाई पराजित गरेमा समूहको अन्तिम खेल खेल्नुअघि नै सेमिफाइनलमा स्थान बनाउनेछ ।

कर्णालीले भने सेमिफाइनल सम्भावना कायमै राख्न एपीएफलाई पराजित गर्नुपर्नेछ । अनि अन्तिम खेलमा एपीएफ आर्मीसँग पनि फराकिलो अन्तरले हार्नुपर्नेछ । तर एपीएफलाई हराउनु कर्णालीको लागि ठूलो चुनौती छ ।

आर्मी र प्रदेश १ सँग पराजित भएको कर्णालीले गण्डकीलाई हराएको थियो ।

एपीएफले भने प्रदेश १ र गण्डकीलाई पराजित गरेको थियो । यस समूहको अन्तिम खेल माघ गते आर्मी र एपीएफबीच हुनेछ ।

यस्तै समूह बी अन्तर्गत लुम्बिनी र सुदूरपश्चिम प्रदेशबीचको खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ । यसअघि एक खेलमा जित र एक हारको नतिजा निकालेको लुम्बिनीका लागि सेमिफाइनल सम्भावना कायम राख्न जित आवश्यक छ । समूह ए मा बागमती ३ खेल जितेर ६ अंकसहित शीर्ष स्थानमा छ भने ३ खेलमा ४ अंक जोडेको पुलिस दोस्रो स्थानमा छ ।

सुदूरपश्चिम यसअघिका दुवै खेलमा पराजित हुँदैछ अन्तिम स्थानमा छ ।

लुम्बिनीसँग पराजित भएमा सुदूरपश्चिम समूहको अन्तिम खेल खेल्नुअघि नै प्रतियोगिताबाट बाहिरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment