Comments Add Comment

चीनको सुनखानीमा थुनिएका ७ जनाको १४ दिनपछि उद्धार

११ माघ, काठमाडौं । उत्तरी चीनको साङडोङ प्रान्तस्थित एक सुनखानीमा थुनिएका सात जनाको १४ दिनपछि आइतबार उद्धार गरिएको छ ।

विष्फोटपछि खानीको सुरुङ पुरिँदा २२ जना मजदुरहरु भित्र थुनिएका थिए । अन्य मजदुरहरुको पनि उद्धारको प्रयास भइरहेको अधिकारीहरुले बताएका छन् ।

चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सका अनुसार आइतबारसम्म सात जनाको उद्धार भएको छ । उद्धार गरिएका पहिलो मजदुर भने यसअघि नै उद्धारकर्तासँग सम्पर्कमा जोडिएका ११ जनाभन्दा फरक सेक्सनमा थिए । उनको अवस्थामा निकै कमजोर छ ।

घटना भएको एक सातापछि मात्र भित्र थुनिएका ११ मजदुरहरुसँग उद्धारकर्ताहरुको सम्पर्क हुन सकेको थियो । उनीहरु जमिनभन्दा ५८० को गहिराइमा थिए । उनीहरुमध्ये एकजनाको टाउकोमा लागेको चोटको कारण मृत्यु भएको थियो ।

अर्का एक मजदुर थप एक सय मिटर गहिराइमा फसेको हुन सक्ने अनुमान छ । अन्य नौ मजदुरहरु भने विष्फोट भएयता कहाँ छन् भन्ने पत्ता लागेको छैन । उनीहरुको अवस्था निकै कमजोर भइसकेको हुन सक्ने जानकारहरुले बताएका छन् ।

शुक्रबार उद्धार टोलीले मजदुरहरुको उद्धारको लागि अझै दुई साताभन्दा बढी समय लाग्न सक्ने बताएका थिए । उद्धारहरुले अहिले सुरुङको आपतकालीन प्रवेशद्वार ठूलो बनाउँदै उद्धार गर्ने प्रयास गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment