+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

प्रदेश १ मा ३५ हजारलाई कोरोनाविरुद्ध खोप लगाउने तयारी

हरि अधिकारी हरि अधिकारी
२०७७ माघ ११ गते २०:३५

११ माघ, विराटनगर । १० दिनभित्र प्रदेश १ सरकारले ३५ हजारलाई कोरोना विरुद्ध खोप लगाउने तयारी गरेको छ ।

संघीय सरकारले सोमबार प्रदेशमा खोप पठाउँदैछ । बुधबारबाट १४ वटै जिल्लामा खोप अभियान सुरु गर्ने प्रदेश सरकारले दश दिनभित्र ३५ हजारलाई खोप लगाउने तयारी गरेको हो ।

प्रदेश १ सामाजिक विकास मन्त्रालय अस्पताल विकास महाशाखा प्रमुख सागर प्रसाईका १४ वटै जिल्लाका जिल्ला र क्षेत्रिय अस्पतालबाट खोप लगाउन सुरु गरिनेछ ।

पहिलो चरणमा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई खोप लगाइने उनले बताए । स्थानीय तहले खोप लगाउने स्वास्थ्यकर्मीको नाम टिपाउने क्रम जारी रहेकाले खोप लगाउनेको संख्या केही बढ्न सक्ने उनले बताए । पहिलो चरणमा खोप लगाएकाहरुले एक महिनापछि पून दोस्रो डोज लगाउनुपर्नेछ ।

पहिलो चरणमा सरकारी र निजी अस्पतालका स्वास्थ्यकर्मीलाई खोप लगाउने बताउँदै उनले विस्तारै अन्य फ्रन्टलाइनरलाई समेटिने बताए । तयारीका लागि सोमबार छलफल बोलाइएको छ ।

उनका अनुसार संघबाट प्राप्त हुने खोप भण्डारणका लागि विराटनगरस्थित क्षेत्रीय स्टोर प्रयोग गरिनेछ । स्टोरमा करिब ७० हजार खोप अटाउन सक्ने क्षमता रहेको उनले बताए । ‘विराटनगरमा ७० हजार हाराहारी भ्याक्सीन राख्न सक्ने क्षमता छ’ उनले भने ‘जिल्लामा लैजानका लागि पनि व्यवस्था गरेका छौं ।’

भौगोलिक कठिनाइका कारण पहाडी जिल्लामा अभियान सञ्चालन गर्न समस्या हुनसक्ने उनले बताए । पहिलो चरणमा स्वास्थ्यकर्मी र त्यसपछि फ्रन्टलाइनमा खट्ने सफाइकर्मी, सुरक्षाकर्मीसहित अन्यलाई खोप लगाउने योजना रहेको उनले बताए ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?