+
+
Shares

कांग्रेसद्वारा आन्दोलनको घोषणा, तीन दिन देशभर प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १३ गते १६:२४

१३ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसले थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।

केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले माघ १९, २४ गते र फागुन ३ गते ७७ जिल्लामा प्रदर्शन गर्ने निर्णय गरेको हो । १९ गते भ्रातृ संस्थाहरुले र २४ गते शुभेच्छुक संस्थाहरुले ७७ वटै जिल्लामा संयुक्त विरोध प्रदर्शन र सभा गर्नेछन् । फागुन ३ गते जिल्ला कार्यसमितिहरुले सदरमुकाममा विरोध प्रदर्शन र सभा गर्ने कांग्रेसले जनाएको छ ।

नेताहरुका अनुसार फागुन दोस्रो साता सात प्रदेश र काठमाडौं केन्द्रित आन्दोलन गर्ने तयारी छ ।

संसद विघटनलाई असंवैधानिक भनेको कांग्रेसले केन्द्रले तोकेका बाहेक जिल्ला कार्यसमिति लगायत पार्टीका विभिन्न निकाय र भ्रातृ एवं शुभेच्छुक संस्थाहरुले विरोधका कार्यक्रम तय गरी सञ्चालन गर्नसक्ने समेत बताएको छ ।

बैठकले संसद विघटनविरुद्ध बृहत नागरिक आन्दोलनले गरेको प्रदर्शनमा सरकारले बल प्रयोग गरेको भन्दै भत्र्सना गरेको छ । साथै प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय सार्वजनिक रुपमा व्यक्त गरेका अभिव्यक्तिहरुप्रति आपत्ति जनाएको छ ।

‘संसद विघटनको विरोध गर्नेहरु देश विरोधी हुन् भन्ने उहाँको अभिव्यक्ति अत्यन्तै अनुचित र अलोकतान्त्रिक छ’ कांग्रेसले भनेको छ, ‘सम्मानित सर्वोच्च अदालतमा जारी बहसलाई तमासाको संज्ञा, वरिष्ठ अधिवक्ताको अपमान, आलोचक पत्रकारहरुप्रति अशोभनीय टिप्पणी अनि आफूसँग अहसमत सबैथरी प्रति उहाँको तिक्त टिप्पणीले प्रधानमन्त्री पदको गरिमा राख्न उहाँ असफल भएको यो बैठकको निष्कर्ष छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?