Comments Add Comment

लुम्बिनी प्रदेशमा पनि कोरोना खोप लगाउन सुरु

१४ माघ, बुटवल । लुम्बिनी प्रदेशमा पनि कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा आयोजित कार्यक्रममा अस्पतालका सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले खोप लगाएर अभियान सुरु भएको हो ।

मुख्यमन्त्री शंकर पोखरेलले स्वास्थ्यकर्मीलाई खोपको भाइल दिएर अभियान सुरु गरेका हुन् ।

लुम्बिनी प्रदेशमा ३९ हजार ४ सय ९५ जनाको लागि ८७ हजार ६ सय ७९ डोज खोप आएको छ । भारत सरकारले दिएको उक्त खोप प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा बढी रुपन्देहीका लागि ३३ हजार ४ सय २० डोज छुट्याइएको छ ।

पहिलो चरणमा कोरोना विशेष अस्पतालसहित सरकारी अस्पतालमा खटिएका फ्रन्टलाइनर चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शव वाहन चालक, एम्बुलेन्स चालक, सफाइकर्मी, ७५ वर्ष उमेर नाघेका जेष्ठ नागरिकलाई खोप लगाइने छ ।

यो खोप स्वेच्छिक भएकाले फ्रन्टलाइनरका लागि पनि अनिवार्य नभएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment