+
+
Shares

सुनको भाउ ७ सय रुपैयाँले सस्तियो

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १४ गते १२:१७

१४ माघ, काठमाडौं । सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाल सुनको भाउ प्रतितोला ९२ हजार १०० रुपैयाँ तोकेको हो ।

मंगलबार ९२ हजार ८ सय रुपैयाँमा छापावल सुन कारोबार भएको थियो । आजका लागि तेजावी सुनको भाउ प्रतितोला ९१ हजार ६०० रुपैयाँ तोकिएको छ ।

चाँदीको भाउमा पनि आज सामान्य गिरावट आएको छ । मंगलबार १२ सय ५५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आजको पाँच रुपैयाँले घटेर १२ सय ५० रुपैयाँमा कारोबार खुला गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?