+
+
Shares

ओलीमा नर्क पुगिने डर रहेछ : प्रा. कृष्ण पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १४ गते १७:२४

१४ माघ, विराटनगर । राजनीतिक विश्लेषक प्रा. कृष्ण पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीमा आफू नर्कमा जाने हो कि भन्ने भय रहेको टिप्पणी गरेका छन् ।

बुधबार प्रबुद्ध नागरिक अभियान प्रदेश १ ले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री ओलीमा नर्कको भय रहेको बताएका हुन् ।

‘तपाईं पत्रकारहरुलाई उहाँले नर्कमा जान्छन् यिनीहरु भन्नु भो, तर यथार्थमा केहो भने नर्कको भय उहाँलाई नै रहेछ’ उनले भने ‘भयकै कारण पशुपति जानु भो अस्ति ।’

अरुको केही सुन्न नचाहने, हरेक विषयमा जान्ने मै हुँ भन्ने प्रवृत्ति प्रधानमन्त्री ओलीमा रहेको उनले बताए । देशको सर्वाेच्च पदमा रहेका व्यक्तिले प्रयोग गर्ने भाषा नै निम्नस्तरको रहेको पोखरेलले बताए ।

प्रधानमन्त्री ओलीले दुई तिहाई मत ल्याउने बताएपनि विभाजित रहेको अवस्थामा कसैले दुई तिहाई मत ल्याउन नसक्ने उनले बताए । ‘यो विभाजित पार्टी, कथं कदाचित निर्वाचन भयो भने दुई तिहाई आउने वाला छैन’ उनले भने‘ जबसम्म दुई तिहाई बहुमत आउने परिस्थिति बन्दैन तबसम्म उहाँले निर्वाचन गराउनुहुन्न ।’

पत्रकार सम्मेलनमा अर्थविद डा. प्रमोदकुमार झाले प्रधानमन्त्री ओलीको कदमले नेपालको अर्थव्यवस्थालाई झन् जटिल अवस्थामा पुर्‍याउने बताए ।

प्रा. डा. उद्धव पोखरेलले प्रधानमन्त्री ओलीले चालेको असंवैधानिक कदम सच्याउनका लागि नागरिक स्तरबाट दवाव दिनका लागि विराटनगरमा अभियान सुरु गरेको बताए ।

नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलले दोस्रो जनआन्दोलनमा सडकमा उत्रिएको पत्रकार महासंघ असंवैधानिक कदम विरुद्ध सडक संघर्ष गर्न तयार रहेको बताए ।

प्रतिनिधिसभा विघटनको विरोधमा प्रदेश १ मा प्रध्यापक पोखरेलको संयोजकत्वमा प्रवुद्ध नागरिक अभियान समिति विराटनगर गठन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?