+
+
Shares

लोकन्थली–कोटेश्वर खण्डमा गाडीको ठक्करबाट एक पुरुषको मृत्यु

रासस रासस
२०७७ माघ १५ गते १२:५७

१५ माघ, काठमाडौं । मध्यपुरथिमि नगरपालिका-१ लोकन्थली–कोटेश्वर जाने सडकखण्डमा सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।

शवको प्रारम्भिक अनुसन्धानमा सवारी साधनको ठक्करबाट मृत्यु भएको निष्कर्ष निकाल्दै प्रहरीले ठक्कर दिने सवारी साधनको खोजी गरिरहेको छ ।

मृतकको सनाखतका लागि आफन्तको पहिचानको प्रयास भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

अन्दाजी ५० वर्षीय पुरुषको साथमा परिचय खुल्ने कुनै पनि कागज नभेटिएकाले मृतकको पहिचान हुन नसकेको जानकारी दिँदै उनले कालो धर्के सर्ट, कालो ट्राउजर र खैरो जुत्ता लगाएका उनको पैदल हिँड्ने क्रममा आज बिहान सवारी साधनले ठक्कर दिँदा मृत्यु भएको हुनसक्ने उनको भनाइ छ ।

आज बिहान सडकमा लडिरहेको पुरुष देखेर प्रहरीले उपचारका लागि मध्यपुर अस्पताल पुर्याए पनि मृत्यु भइसकेको अस्पतालका चिकित्सकले जानकारी गराएका थिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?