Comments Add Comment

याहकाहमेन : बन्दरगाहमा रुचाइने व्यञ्जन

कतिपय यस्ता रैथाने परिकार हुन्छन्, जसले सीमित समुदाय र भूगोललाई नाघेर विश्वभर फैलन्छ । आज यहाँ भने, अमेरिकाका एक विशेष पकवानको बारेमा बताइन्छ । परिकारको नम हो, याहकाहमेन । यो न्यू आरलियन्सको रैथाने परिकार हो ।

न्यू आरलियन्स बन्दरगाह क्षेत्र हो र लुइजियानाको ठूलो शहर पनि ।

यहाँका मानिसहरु मोजमस्ती र खानपानका सौखिन छन् । अतः यो परिकार उनीहरुलाई नै थाहा छ, जो यहीँ जन्मे–हुर्के । बाहिरबाट आउनेहरुले त यसको नामसमेत जान्दैनन् । तर, कसैलाई यो परिकार एक पटक चखाइयो भने, त्यसले उसको जिब्रोलाई लोभ्याइदिन्छ । न्यू आरलियन्समा पनि सबैभन्दा राम्रो याहकाहमेन त्यहाँकी मूल निवासी लिन्डा ग्रीनले बनाउँछिन् । स्थानियले उनलाई ‘मिस लिन्डा द याहकाहमेन’ नामले बढी चिन्छन् ।

याहकाहमेन झोलयुक्त स्पाइगेटी हो, जसमा मासुको टुक्रा पनि राखिएको हुन्छ । त्यसबाहेक यसमा केही अचार र पीरो रातो खुर्सानी, मरिच र लसुनको पाउडर मिसाइएको हुन्छ ।

सबै मसलाको सुप तयार गरेर त्यसमा नुडल्स राखिन्छ । फेरी यसलाई उसिनेको अन्डा र काँचो प्याजको टुक्रा राखेर पेपर कपमा सर्भ गरिन्छ । यहाँ घुमफिर गर्ने धेरैजसो मानिसको हातमा तपाईं यस्तै कप देख्नुहुनेछ ।

त्यसो त याहकाहमेन शाकाहारी र मांसाहारी दुबै किसिमको हुन्छ । तर, मांसाहारीको माग बढी हुनेगर्छ । मांसाहारीमा पनि घडियालको मासुबाट तयार गरिएको याहकाहमेन सबैभन्दा बढी रुचाइन्छ । तर, घडियालको मासु पाउन त्यती सजिलो भने छैन । जोकोहीले त्यसलाई खरिद गर्न पनि पाउँदैन । त्यही कारण दोस्रो बिकल्पको रुपमा बीफ जस्ता मासु प्रयोग गरिन्छ ।

याहकाहमेन खासमा काहाँबाट सुरु भयो ? भन्न मुश्किल छ । भनिन्छ कि, २० औं शताब्दीको सुरुवातमा जब चिनियाँ अप्रावासी यहाँ प्रवेश गरे, तब अमेरिकी, अफ्रिकी र चिनियाँले आ–आफ्नो मसला र अर्काे परिकार आपसमा मिलाएर खान थाले ।

कतिले के पनि भन्छन् भने, दोस्रो विश्वयुद्धपछि भियतनाम, कोरियाको लडाईपछि जब सिपही आफ्नो घर फर्कन थाले, तब आफुसँगै सुपको याद लिएर फर्के ।

याहकाहमेनको सुप हेर्दा यस्तो लाग्छ कि, अरुपनि देशमा तयार हुने सुप हो यो । धेरैले यसलाई ‘फा’ र ‘रमेन’ जस्ता सुपको परिवार पनि मान्ने गर्छ । तर कसैले यसलाई भर्जिनियाको डिश मान्ने गर्छन् भने त्यो पनि गलत हुनेछैन । किनभने केही मसला भर्जिपिनयाको पकवानमा प्रयोग गरिने खालको हुन्छ । कतिले यसलाई चीनको ‘योक ए माइन’सँग जोडेर पनि हेर्ने गर्छन् । तर, यसमा अन्डासँग केवल नुडल्स मात्र मिलाइएको हुन्छ, स्पाइगेटी मिलाइएको हुँदैन ।

हुनसक्छ, चिनिया अप्रवासीले भर्जिनियाको पकवान मन पराएर त्यसमा आफ्नो फ्लेबर मिसाएको । तर, यो अहिले चीनको योक ए माइनभन्दा निकै फरक छ ।

न्यू आरलियन्समा याहकाहमेन कसले कहिले बनाउन सुरु ग¥यो भन्नेमा कुनै सरोकार राखिदैन । सबैका लागि सत्य हो हो कि, यो फेमेली किचनबाट सुरु भएर गल्लीसम्म बिक्रीका लागि आइपुग्छ । यसलाई खाने तरिका पनि केही फरक छ । यसलाई भान्सामा बसेर खानको बदला पेपर कपमा बढी स्वादले खान सकिन्छ । न्यू आरलियन्सको केही स्थानमा याहकाहमेनम पाउन सकिन्छ । तर, मिस लिन्डाले बनाएको याहकाहमेन जस्तो स्वाद अरु पाउन गाह्रो होला । उनी हरेक दिन यसलाई हजारौं कप तयार गर्छिन् । मिस लिन्डा आज पनि यसलाई परम्परागत तरिकाले तयार गर्छन्, जो उनकी आमाले सिकाइन् ।

मूख्य रुपले उनी बीफको प्रयोग गर्छिन । तर, ग्राहकको स्वाद अनुसार उनी घडियाल, क्रे फिश, कस्तुरी माछा र पोर्कको पनि प्रयोग गर्छिन् । त्यतीमात्र कहाँ हो र उनी सुशी याहकाहमेन, जर्क किचेन याहकाहमेन पनि तयार गर्छिन् । उनले यसलाई कसरी स्वादिष्ट ढंगले तयार गर्छिन् ? त्यसको राज भने खुलाउन चाहदिनन् ।

सुरुवातमा मिस लिन्डा घरमा डेलिभरी गर्थिन् । तर अब उनी केवल फोनबाट अर्डर मात्र लिने गर्छिन् । र, आइतबारको दिन त उनको फोन लगातार बजेको बजेकै हुन्छ । अमेरिकी फुड साइन्टिस्ट एलिसम ई मिशेल त के भन्छन् भने, मदिराको ह्याङओभर हटाउने राम्रो औषधी पनि हो यो खान्की । रातभर मदिरा पिउनेहरुले बिहान याहकाहमेन खाएपछि मदिराको टक्सिन सकिन्छ । उनी भन्छन्, ‘यसमा अन्डा प्रयोग गरिएको हुन्छ, सजले अमीनो एसिडले मदिराको टक्सिन समाप्त गर्नमा सहयोग गर्छ । साथै यसमा चिकेन र मासुको प्रयोग हुन्छ, यसले पेट भर्छ र मदिराको मात्रा कम हुन्छ । मदिराले शरीरमा सोडियमको स्तर घट्छ । तर याहकामहमेनले सुपको यो कमीलाई पुरा गर्छ ।’

न्यू आरलियन्स शहर नाइट लाइफको लागि चर्चित छ । यस शहरलाई अमेरिकामा रातको रानी पनि भनिन्छ । यहाँ घाम अस्ताएपछि पार्टी सुरु हुन्छ । यस्तोमा याहकाहमेनको बैज्ञानिक फाइदा जानेपछि यो भन्न सकिन्छ कि, नाइट लाइफको ह्यागओभर उतार्नका लागि याहकाहमेन एक सहयोगी तरिका हुनसक्छ ।

बिबिसीबाट   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment