+
+
Shares

बसको ठक्करबाट एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १६ गते १५:२१

१६ माघ, धनुषा । धनुषामा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लक्ष्मीनिया गाउँपालिका-३ का ५० वर्षीय दिपचन्द्र यादव रहेका छन् ।

लक्ष्मीनिया गाउँपालिका-४ सपहीस्थित सडकमा ना.४ ख १०६९ नम्बरको बसले शुक्रबार बिहान उनी सवार साइकललाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । बसको ठक्करबाट गम्भीर घाइते भएका उनको जानकी हेल्थ केयर अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?