Comments Add Comment

अन्तर विभागीय फुटसलमा रसायन शास्त्र र खेलकुद विभाग विजेता

१६ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको अन्तर बिभागीय फुटसल प्रतियोगिता शुक्रबार सकिएको छ । प्रतियोगितामा महिला तर्फ रसायन शास्त्र केन्द्रीय विभाग विजेता र प्राणी शास्त्र केन्द्रीय विभाग उपविजेता बनेका छन् ।

त्यसैगरी पुरुषतर्फ खेलकुद केन्द्रीय विभाग विजेता र भौतिक शास्त्र केन्द्रीय विभाग उपविजेता बनेको आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी त्रिवि कमिटीका मदन विष्टले जानकारी दिए ।

विजेताले १५ हजार र उपविजेताले १० हजार रुपैयाँ पुरस्कार पाएका छन् । शुक्रबार विजेता र उपविजेतालाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले पुरस्कार वितरण गरे ।

उक्त फुटसल प्रतियोगितामा पुरुषका १७ र महिलाका ६ टिम सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment