Comments Add Comment

उत्तरी सिरियामा शक्तिशाली बम विष्फोट, कम्तीमा पाँच जनाको मृत्यु

१८ माघ, काठमाडौं । उत्तरी सिरियाको अफ्रिन सहरमा भएको शक्तिशाली कार बम विष्फोटमा परी कम्तीमा पाँचजनाको मृत्यु भएको छ । टर्कीको रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार अफ्रिनको औद्योगिक केन्द्रमा शनिबार उक्त विष्फोट भएको हो । उक्त घटनामा २२ जना मानिसहरु घाइते भएका छन् ।

टर्कीको एक स्थानीय सञ्चारमाध्यमले भने स्थानीय स्रोतलाई उद्धृत गर्दै उक्त घटनामा परी ६ जनाको मृत्यु भएको बताएको छ भने कम्तीमा २५ जना मानिसहरु घाइते भएको दाबी गरेको छ । अहिलेसम्म यो आक्रमणको कसैले पनि जिम्मेवारी लिएको छैन । यद्यपि टर्कीको रक्षा मन्त्रालयले भने यो आक्रमण सिरिया कुर्दिस पिपुल्स प्रोटेक्सन युनिट्स (वाईपीजी)का लडाकुले गराएको आरोप लगाएको छ ।

सन् २०१८ मा नै टर्कीको सैन्य आक्रमणमा वाईपीजीका लडाकुहरु सकिएको दाबी गरिएको थियो । तर, उक्र सहर र सो क्षेत्रका अन्य केही भागमा नियमितरुपमा यस किसिमका विष्फोट हुँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment