Comments Add Comment

न्युक्लियर सम्झौतामा नयाँ वार्ताको प्रस्ताव इरानद्वारा अस्वीकार

१८ माघ, काठमाडौं । इरानले सन् २०१५ मा अमेरिकासहितका मुलुकहरुसँग भएको न्युक्लियर सम्झौताबारे पुनः वार्ता गर्ने वा यसमा केही परिवर्तन गर्ने प्रस्ताव अस्वीकार गरेको छ । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँले इरानसँग हुने नयाँ वार्तामा साउदी अरेबिया पनि सहभागी हुनुपर्ने बताएका थिए ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता सइद खातिब्जादेहले यो संयुक्त राष्ट्रसंघसहितको बहुपक्षीय सम्झौता भएकाले यसमा भएको कुनै पनि विषय परिवर्तन नहुने र यो सम्झौतामा कुनै पनि मुलुक थप पनि नहुने बताएका हुन् ।

सन् २०१८ मा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले इरान सम्झौताबाट बाहिरिँदै प्रतिबन्धको घोषणा गरेका थिए । त्यसयता दुवै पक्षले उक्त सम्झौता उल्लंघन गर्दै आएका छन् । अहिले अमेरिकी राष्ट्रपति जो बाइडन आएपछि अमेरिका पुनः यो सम्झौतामा जोडिन सक्ने अपेक्षा गरिएको छ । यद्यपि त्यसका लागि इरानले सबैभन्दा पहिला सन् २०१५ को सम्झौता कार्यन्वयन सुरु गर्नुपर्ने शर्त अमेरिकाले राखेको छ । इरानले भने प्रतिबन्ध नहट्दासम्म सम्झौता पुनः पालना हुन नसक्ने बताइसकेको छ ।

इरानले जनवरीको सुरुआतबाट २० प्रतिशत शुद्धीकरणसहितको युरेनियम उत्पादन सुरु गरेको थियो । अबको दुई महिनामा अमेरिकाले प्रतिबन्ध नहटाए न्युक्लियर कार्यक्रमको मुद्दा बलियोरुपमा राख्न सरकारलाई दबाब गत महिना इरानको संसद्ले पास गरेको एक विधेयक पारित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment