+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

दैलेखका कोरोना संक्रमित पुरुषको सुर्खेतमा मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १८ गते १८:०७

१८ माघ, सुर्खेत । दैलेखका कोरोना संक्रमित पुरुषको सुर्खेतमा मृत्यु भएको छ । सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा गुराँस गाउँपालिका–५ का ६४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलका अनुसार उनको आइतबार बिहान बिहान ११ः२७ बजे मृत्यु भएको हो । ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने तथा श्वास फेर्न समस्या भएपछि उनलाई माघ ७ गते प्रदेश अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । सोही दिन प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

रोगको प्रकृति अनुसारका सबै विधि अपनाएर उपचार गरिए पनि उनलाई बचाउन नसकिएको महाशाखाले जनाएको छ ।

यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि भएपछि मृत्यु हुने व्यक्तिहरुको संख्या ३० पुगेको कँडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?