Comments Add Comment

वाइवाइ नेपाल स्टारको उपाधि पोखराकी एलिना गुरुङलाई

वाइवाइ नेपाल स्टारको उपाधि पोखराकी एलिना गुरुङ्गले जितेकी छन्। नेपाल टेलिभजनको प्रस्तुतिमा कि इन्टरटेनमेन्ट एण्ड रिसर्च प्रा.लि. ले उत्पादन गरि प्रशारण भएको नेपालको आफनै साँगितिक रियालीटि शो को पहिलो सिजनको विजेता गरुङ भएकी हुन्।

नेपाल टेलिभजनबाट प्रत्यक्ष प्रशारण भएको यो ग्राण्ड फिनालेमा नेपाल सरकारका संचार, सुचना तथा प्रविधि मन्त्री पार्वत गुरुङ्गको प्रमुख आतिथ्यमा नेपाल टेलिभिजनको ३०० स्टुडियोमा भव्य समारोहका बीच कार्यक्रम भएको थियो।

नेपाली गीत संगीत नेपालको संस्कार, संस्कृतिलाई विश्वको कुना कुनामा चिनाउने एक सशक्त माध्यम भएको र वाइ वाइ नेपाल स्टारमा देशभरबाट हजारौको संख्यामा अडिसनको समयदेखि यो अन्तिम प्रतिस्पर्धासम्मको अवधिमा रहने सम्पूर्ण सहभागीहरुले देशको नाम राख्न सफल भएको मन्त्री गुरुङले बताए।

नेपाल टेलिभिजन क्रमश अत्याधुनिक कार्यक्रमहरु प्रविधिसँग घुलमेल गर्दै आम दर्शक सामु पस्कन पाउदा अत्यन्त गौंरवान्वित भएको महशुस भएको नेपाल टेलिजिभनका कार्यकारी अध्यक्ष महेन्द्र बिष्टले बताएका थिएन।

नेपालको आफनै एकमात्र साँगितिक रियालीटि शो वाइ वाइ नेपाल स्टारको अडिसन नेपालको ७ बाटै प्रदेशमा भएको थियो । यस वाइ वाइ नेपाल स्टारको मुख्य प्रायोजकको रुपमा वाइ वाइ बृज सिमेन्ट तथा सिद्धार्थ बैंक रहेको थियो भने अन्य प्रायोजकहरुमा रिलायन्स लाइफ इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, हरपल चामल तथा यति कार्पेट रहेका थिए।

वाइ वाइ नेपाल स्टारको अन्तिम प्रतिस्पर्धामा रहेका पोखराकी एलिना गुरुङ्ग, ताप्लेजुङ्गका लक्ष्मण लिम्बु, काठमाण्डौका शुरेस लामा तथा धरानका सन्देश बम्जन लामा थिए। यी अन्तिम प्रतिस्पर्धाका चारै जनाले जनही रु ५,५ लाखका दरले नगद प्राप्त गरका थिए भने वाइ वाइ नेपाल स्टार बन्न सफल पोखराकी एलिना गुरुङ्गले थप ३० लाख सहित रु ३५ लाख नगद जितेकी छिन्।

वाइ वाइ नेपाल स्टार २०७६ साल फाल्गुन २४ गते शनिवारका दिनदेखि नेपाल टेलिभिजनबाट प्रशारण शूरुवात भएको थियो। बिश्व महामारीको रुपमा फैलिएको कोभिड १९ को कारण नेपाल स्टार पनि केही समय रोकिन पुगेको थियो र यसलाई पुन केही समयपछि निरन्तरता दिइएको थियो।

यस कार्यक्रमलाई बिश्वस्तरको बनाउन नेपाल स्टारका डाइरेक्टर रवि श्रेष्ठको अथक प्रयास, मेहनत र परिश्रम प्रत्यक्ष प्रशारणसम्म रहेको थियो भने उहाँसँग एउटै टिममा रहेर काम गर्नुहुने सम्पुर्ण नेपाल स्टार उत्पादन,व्यवस्थापन टिमको उत्तिकै मेहनत रहेको थियो।

वाइ वाइ नेपाल स्टार जस्तो नेपालको आफनै साँगितिका रियालिटी शो परिकल्पना कि एडभरटाईजिङ्ग सर्भिस प्रा.लि.का प्रबन्ध निर्देशक रविन्द्र कुमार रिजालले गरेका थिए र उनले शुरुदेखि अन्तसम्म कार्यक्रमलाई सफल बनाउन कार्यक्रमका डाइरेक्टर रवि श्रेष्ठ लगायत अन्य टिम एवं नेपाल टेलिभिजनसँग प्रत्यक्ष रुपमा संबाद गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment