+
+
WC Series
Won पोखरा एभेन्जर्स 2025
201/2 (20)
VS
Pokhara Avengers won by 34 runs
कर्णाली याक्स 2025
167/10 (18.6)
Shares

भक्तपुरमा बसका सह–चालकबाट कुटिए यात्रु

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १९ गते ११:४१
फाइल फोटो

१९ माघ, काठमाडौं । भक्तपुरको दूधपाटीमा एक सार्वजनिक यातायातका सह–चालकले यात्रुमाथि कुटपिट गरेका छन् ।

आइतबार बिहान बा ४ ख ७४१ नम्बरको बसमा यात्रुलाई कुटपिट गरेको पाइएपछि प्रहरीले सह–चालक २० वर्षीय सुदीप खड्कालाई पक्राउ गरेको छ । भक्तपुरकी एसपी तारादेवी थापाका अनुसार खड्काविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धान थालिएको छ ।

जिल्ला प्रहरी कार्यालय, भक्तपुरका डीएसपी दिपक गिरीका अनुसार कमलविनायकबाट रत्नपार्कका लागि चढेका यात्रु लिएर उक्त बस दूधपाटीस्थित बसपार्कमा आएको थियो । त्यहाँ गाडी रोकिने भएपछि यात्रुले किन पहिल्यै जानकारी नगराइएको भनेर प्रश्न गरेका थिए ।

‘सिधै जान्छ भनेपछि चढ्नु भएको रहेछ, ढिला हुने भएपछि विवाद भयो’, गिरीले अनलाइनखबरसँग भने, ‘त्यसक्रममा सह–चालकले कुटपिट गरेका हुन् ।’ घटनामा एकजना यात्रुको हातमा चोट लागेको छ ।

भक्तपुर अस्पतालमा उपचारपछि उनी डिस्चार्ज भइसकेका छन् । उनैले मुलुकी अपराध संहिताको दफा ११८ मा भएको अभद्र व्यवहार सम्बन्धी कसूरमा खड्काविरुद्ध जाहेरी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?