+
+

आन्दोलनकारीमाथि कारबाही गर्नेलाई नोटिसमा राखेका छौं : योगेश भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १९ गते १८:१४
फाइल तस्वीर

१९ माघ, काठमाडौं । संसद विघटनको विरोधमा आन्दोलनरत विद्यार्थी नेतामाथि प्रहरीले गरेको कुटपिटप्रति नेकपा प्रचण्ड-माधव समूहले आपत्ति जनाएको छ ।

प्रधानमन्त्रीको असंवैधानिक र प्रतिगामी कदमविरुद्ध अनेरास्ववियूले सोमबार बानेश्वरमा गरेको शान्तिपूर्ण विरोध कार्यक्रम सकेर फर्कने क्रममा विद्यार्थी नेता प्रशुन कार्कीमाथि प्रहरीले कुटपिट गरी घाइते बनाएको भन्दै सो समूहले घटनाको निन्दा गरेको हो ।

नेकपा प्रचण्ड-माधव समूहका नेता एवं नेकपा केन्द्रीय संघर्ष समितिका सहसंयोजक समेत रहेका योगेश भट्टराईले सोमबार जारी गरेको प्रेश नोटमा भनिएको छ, ‘शान्तिपूर्ण विरोध कार्यक्रम सम्पन्न भएर फर्कनेक्रममा अनेरास्ववियू केन्द्रीय सदस्य प्रशुन कार्कीलाई गिरफ्तार गरी प्रहरी भ्यानमा रखेपछी प्रहरीद्वारा निर्मम कुटपिट गरेको घटनाको नेकपा केन्द्रीय संघर्स समिती घोर निन्दा गर्दछ । प्रहरीको कुटाइबाट प्रशुन कार्कीको आँखा र अनुहारमा गम्भीर चोट लागेको छ । यस्तो निन्दनीय कार्य गर्ने प्रहरीमाथि कारबाही गर्न माग गर्दछौं ।’

आन्दोलनकरीमाथि कारबाहीमा उत्रने कुनै पनि व्यक्ति र सुरक्षाकर्मीका बारेमा पार्टीको संघर्स समितीले नोटिसमा राखेको नेता भट्टराईले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

संसद भवन अगाडि सडकमा नेकपा प्रचण्ड–माधव समूहसम्वद्ध विद्यार्थीहरुले प्रदर्शन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसक्रममा केहीबेर सुरक्षाकर्मी र विद्यार्थीहरुबीच धकेलाधकेल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?