
शारीरिक स्वास्थ्यका लागि मात्र होइन, मानसिक स्वास्थ्यका लागि पनि जरुरी छ, पैदल हिँड्नु । विशेषज्ञका अनुसार एक दिनमा पाँच सय क्यालोरी बर्न गर्नका लागि हरेक व्यक्तिले दश हजार पाइला हिँड्नुपर्छ । यद्यपि कतिपय काम–व्यवहार वा बाध्यताले गर्दा यसरी पैदल हिँड्न संभव नहुन पनि सक्छ ।
यसको अर्थ यो होइन कि, दैनिक १० हजार पाइला हिँड्न असंभव छ । यदि तपाईं फिट रहन चाहनुहुन्छ भने यस लक्ष्यलाई हासिल गर्न तपाईंको लागि एकदमै जरुरी छ ।
दैनिक तीन सय कदम बढाउनुहोस्
ध्यान राख्नुहोस् कि, कुनैपनि व्यक्तिले एक दिनमा १० हजार पाइला हिँड्ने लक्ष्य पुरा नगर्न सक्छ । निश्चित रुपले यसका लागि थोरै योजना बनाउनुपर्छ । यदि दिनमा तपाईं केही समय हिँड्ने गर्नुभएको छ भने दैनिक तीन सय पाइला हिँड्ने अभ्यास गर्नुहोस् ।
उदाहरणका लागि यदि तपाईं दैनिक हजार पाइला हिँड्नुहुन्छ भने यसमा थप तीन सय पाइला बढाउनुहोस् । अब तपाईं १३ सय पाइला हिँड्न सहज मान्न थाल्नुभयो भने अरु तीन सय पाइला फेरी बढाउनुहोस् । यसरी क्रमस तीन सय पाइला जोड्दै १० हजार पाइला पुरा गर्न सक्नुहुन्छ।
घर नजिक पैदल हिँड्नुहोस्
अहिले धेरैजसो मान्छेहरु घर नजिकै पसल जानका लागि पनि स्कुटर वा बाइक प्रयोग गर्छन् । यसैगरी बजार वा कार्यलय जाने क्रममा पनि आफ्नो गाडी÷बाइक त्यस्तो ठाउँमा पार्क गर्छन्, जहाँबाट धेरै पाइला हिँड्न नपरोस् । तपाईंले यस्तो बानी बदल्नुपर्छ । यदि घर नजिकै जानुपर्ने भए बाइक, स्कुटर प्रयोग गर्नुको साटो पैदल हिँड्नुहोस् ।
सिंढीको प्रयोग
कार्यलयमा वा कुनै व्यापारिक भवनहरुमा अहिले लिफ्टको व्यवस्था हुन्छ । मान्छेहरु सिंढी चढ्दैनन्, लिफ्ट प्रयोग गर्छन् । यसमा पनि केही बानी परिवर्तन गर्न सकिन्छ । जस्तो कि, लिफ्टमा चढ्ने नभई सिंढीको प्रयोग गर्ने । भनिहालौं, दैनिक सिंढी चढ्ने र झर्ने क्रममा तपाईं लगभग ४० पाइला हिँड्नुहुन्छ ।
घरपालुवा जनवारसँग हिँड्नुहोस्
अहिले धेरैले घरमा कुकुर पाल्ने गर्छन् । कुकुरलाई बिहान र साँझ घर बाहिर घुमाउन लानुहोस् । यसरी १५ मिनेट मात्र घर बाहिर निस्कदा तपाईंले १ हजार पाइला हिँड्नुहुनेछ । यसले तपाईंको कुकुरलाई मात्र फाइदा भएन, तपाईंको स्वास्थ्यलाई पनि लाभ मिल्छ ।
पेडोमिटरको प्रयोग
पेडोमिटर एक उपकरण हो, जसले तपाईंको पाइलाको संख्या राख्छ । तपाईंले घडी वा एममा पेडोमिटर राख्न सक्नुहुन्छ । यसको मद्दतले तपाईं आफ्नो लक्ष्य निर्धारण गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया 4