Comments Add Comment

‘राजकुमारी’ महशुश गर्दै साम्राज्ञी

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह चलचित्र ‘तिम्रो मेरो साथ’को छायांकनका व्यस्त छन् । चलचित्रको छायांकन सुरु भएसँगै उनले दैनिक तस्वीर सार्वजनिक गरिरहेकी छिन् । यो चलचित्रका लागि उनी उत्साहित रहेको वुझ्न सकिन्छ ।

लगातार चलचित्र असफल, नायक भूवन केसीसँगको विवाद, प्रेममा ब्रेकअपका कारण पनि उनलाई तनाव भएको थियो । तर, लकडाउनपछि चलचित्रको छायांकनमा फर्किन पाउँदा उनी उत्साहित हुनु स्वभाविक नै हो ।

उनै, साम्राज्ञीले सामाजिक संजालमा आफूलाई ‘राजकुमारी’ महशुश भैरहेको भन्दै तस्वीर सार्वजनिक गरेकी छिन् । साम्राज्ञीले सार्वजनिक गरेको तस्वीरमा उनी सेतो पहिरनमा छिन् ।

उक्त पहिरनमा विभिन्न पोजमा तस्वीर खिचाउँदै साम्राज्ञीले आफूलाई राजकुमारी भन्न खोजेकी छिन् । चलचित्र क्षेत्रमा आएसँगै स्टार नायिकाको रुपमा उनको चर्चा हुन थालेको थियो । तर, उनका विवादस्पद बयान, असफल चलचित्र र विवादका कारण उनको क्रेज कमजोर हुँदै गएको विश्लेषण गरिन्छ । साम्राज्ञी आफ्नो क्रेज फर्काउने दौडमा पनि छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment