+

भरानको दुई गोलमा रियल मड्रिडको पुनरागमन जित

२०७७ माघ  २५ गते ७:५८ २०७७ माघ २५ गते ७:५८
भरानको दुई गोलमा रियल मड्रिडको पुनरागमन जित

२५ माघ, काठमाडौं । डिफेण्डर राफेल भरानले दुई गोल गरेपछि रियल मड्रिडले स्पानिस ला लिगामा हुएस्कामाथि पुनरागमन जित हात पारेको छ ।

भरानले दोस्रो हाफमा दुई गोल गरेपछि रियलले हुएस्कालाई २-१ ले पराजित गरेको हो ।

पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेलको ४८औं मिनेटमा जाभी गालानले गोल गर्दै घरेलु टोली हुएस्कालाई अग्रता दिलाएका थिए । तर अग्रता धेरै समय रहेन । रियलका लाग भरानले ५५औं मिनेटमा बराबरी गोल फर्काए । ६४औं मिनटमा भरानकै व्यक्तिगत दोस्रो गोलमा रियलले पुनरागमन जित हात पारेको हो ।

जितपछि दोस्रो स्थानमा रहेको रियलको २१ खेलबाट ४३ अंक भएको छ लिग लिडर एट्लेटिको मड्रिडभन्दा अझै ७ अंकले पछि छ । २१ खेल खेलेको एट्लेटिकोको ५० अंक छ ।

यस्तै गेटाफेलाई ३-० ले पराजित गर्दै सेभिया तेस्रो स्थानमा उकलिएको छ । २१ खेलबाट सेभियाको ४२ अंक छ । २० खेलबाट ४० अंक रहेको बार्सिलोना चौथो स्थानमा झरेको छ । बार्सिलोनाले आज राती रियल बेटिससँग खेल्दैछ ।

रियल मड्रिड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय