+
+

कुमारी बैंकको २०औंं वार्षिक साधारण सभा सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २४ गते १७:५७

कुमारी बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।

उक्त साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको गत आर्थिक वर्ष २०७६/०७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पूँजीमा भएको परिवर्तन लगायत वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ।

कोरोनाको उच्च जोखिमलाई मध्यनजर गर्दै, बैंकले अन्लाइन प्लाट्फोर्म जूम मार्फत शेयरधनिहरूको धारणा समावेश गरेको थियो।

साधारण सभाले शेयरधनीहरुलाई गत आवको लागि १०.८५ प्रतिशत बोनस शेयर तथा ३.१५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

सो बोनस शेयर जारी पश्चात् कुमारी बैंकको चुक्ता पुँजी .१३ अर्ब ८७ करोड रूपैयाँ हुनेछ।

हाल बैंकले काठमाडौं उपत्यका भित्र र बाहिर गरि १८६ शाखा संजाल, १५० एटिएम, १३ एक्स्टेन्सन काउन्टरका साथै २२ वटा शाखारहित बैंकिङ्क इकाई मार्फत देशभरी सेवा दिँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?