Comments Add Comment

हुण्डाई एक्सचेन्ज सोमबारबाट शुरु

नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुण्डाई एक्सचेन्ज् कार्यक्रम देशभर गर्नेछ। लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले माघ २६ गते सोमबार देखि २०७७ फाल्गुन २ गते आइतबार बिहानको १० बजे देखि साँझको ५ बजे सम्म हुण्डाई एक्सचेन्ज् कार्यक्रम ल्याएको छ।

यस योजनामा एक्सचेन्ज् गर्नुका साथै उच्चतम मूल्याङ्कन, आकर्षक नगद छुट, १५ हजार रुपैयाँ बरावरको लोयल्टी बोनस र एक लाख ४० हजारसम्मको एक्सचेन्ज् बोनसका साथै ६ वर्षको फ्री सर्भिस र ३ वर्षको वारेन्टी उपलब्ध गराउने कम्पनीले जनाएको छ।

कम्पनीका सेल्स र मार्केटिङ महाप्रबन्धक रुपेश शर्मा भट्टका अनुसार, “ग्राहकहरूलाई सधैँ उत्कृष्ट सुविधा प्रदान गर्न लक्ष्मी हुण्डाई तल्लीन रहेको छ। यस देश व्यापी कार्यक्रमले पनि ग्राहकहरूलाई उत्कृष्ट एक्सचेन्ज् योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्नेछ। हुण्डाई एक्सचेन्ज् नेपालको सम्पूर्ण डिलर नेटवर्कमा उपलब्ध छ।”

ग्राहकहरूको सुविधाको लागि विभिन्न कार्यक्रम र योजना आयोजना गरिरहने लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले वर्ष भरि नै आफ्नो ग्राहकको सुविधाको लागि यस्ता योजनाहरू र एक्सचेन्ज् क्यापमा निरन्तरता दिएको कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment