+
+

चीनसँग भारतको सीमा सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २९ गते १६:५७

२९ माघ, काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले चीनसँग सीमा विवादबारे सहमति भएको बताएका छन् ।

लामो समयदेखि लद्दाखस्थित सीमाक्षेत्रमा देखिएको विवाद सम्झौतामा आएको टुङ्गिएको हो । बिहीबार भारतीय संसदमा रक्षामन्त्री सिंहले लामो समयसम्म चलेको वार्तापछि भारत र चीनबीच सम्झौता भएको हो ।

गत वर्षको जुन महिनामा उक्त क्षेत्रमा भारत र चिनियाँ सैनिकको बीचमा झडप हुँदा २० भारतीय सैनिकको मृत्यु भएको थियो ।

त्यसयता दुई मुलुकको बीचमा सीमाबारे तनाव जारी रहँदै आएको थियो । तनावको घटनापछि दुवै मुलुकका कमाण्डरहरु र कूटनीतिक अधिकारीहरुको बीचमा निरन्तर वार्ता चल्दै आएको थियो ।

भारतीय रक्षामन्त्री सिंहले सम्झौतासँगै अग्रपंक्तिमा रहेका दुवै मुलुकका सेनाहरु फिर्ता जान थालेको बताए । भारतीय कूटनीतिक विश्लेषकहरुले दुवै मुलुकले सेना फिर्ता लैजानु स्वागतयोग्य कदम हुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?