
३० माघ, काठमाडौं । शुक्रबार पनि सुन चाँदीको भाउमा उतारचढाब देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ भने चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको छ ।
बिहीबार ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावल सुनको भाउ घटेर ९० हजार ९ सयउ रुपैयाँमा आएको छ । महासंघले आजकालागि तेजावी सुनको कारोबार मूल्य ९० हजार ४ सय रुपैयाँ तोकेको छ ।
यस्तै चाँदीको प्रतितोला मूल्य पाँच रुपैयाँले बढेको छ । बिहीबार १३१५ रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ शुक्रबारका लागि १३२० रुपैयाँ कारोबार मूल्य कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4