+

राष्ट्रिय महिला लिगमा पुलिस विजयी

२०७७ माघ  ३० गते १७:४२ २०७७ माघ ३० गते १७:४२
राष्ट्रिय महिला लिगमा पुलिस विजयी

३० माघ, काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले राष्ट्रिय महिला लिगमा चन्द्रपुर नगरपालिकालाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्पलेक्समा शुक्रबार भएको एक मात्र खेलमा पुलिसले चन्द्रपुरलाई ३-० ले पराजित गरेको हो ।

जितपछि पुलिसले लिगमा शीर्ष तीनमा पर्ने सम्भावना कायमै राखेको छ । पुलिसको जितमा सिर्जना खड्का, निर्मला विक र रेखा पौडेलले एक-एक गोल गरिन् ।

खेलको सातौं मिनेटमा सिर्जनाले गोल गर्दै पुलिसलाई अग्रता दिलाएकी थिइन् । निर्मलाले ५४ औं र रेखाले ८५ औं मिनेटमा गोल गर्दै पुलिसलाई सहज जित दिलाए ।

जितपछि पुलिसले ९ खेलबाट वालिङ नगरपालिका समान १४ अंक जोडेको छ । तर गोलअन्तरमा वालिङ तेस्रो र पुलिस चौथो स्थानमा छ । ६ अंक रहेको चन्द्रपुर छैटौं स्थानमा छ ।

खेलकुद नेपाल प्रहरी महिला लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
७ गन्तव्य, दशैंमा घुम्न कहाँ जाने ?

७ गन्तव्य, दशैंमा घुम्न कहाँ जाने ?

- अनलाइनखबर २०८१ असोज ६ गते १७:५०
4 Stories
सृष्टिको बिकिनी अवतार

सृष्टिको बिकिनी अवतार

- अनलाइनखबर २०८१ असोज ६ गते १७:११
6 Stories
भिटेनको ट्याटुमा के छ ?

भिटेनको ट्याटुमा के छ ?

- अनलाइनखबर २०८१ असोज ६ गते १६:३८
5 Stories
५ लक्षण, जसले मिर्गौला खराब भएको बताउँछ

५ लक्षण, जसले मिर्गौला खराब भएको बताउँछ

- अनलाइनखबर २०८१ असोज ६ गते १६:१२
6 Stories
६ खानेकुरा, जसले प्रजनन क्षमता बढाउँछ

६ खानेकुरा, जसले प्रजनन क्षमता बढाउँछ

- अनलाइनखबर २०८१ असोज ६ गते १५:५८