+
+

जापानमा ७.१ म्याग्निच्युटको शक्तिशाली भूकम्प

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १ गते २३:०४

१ फागुन, काठमाडौं । जापानको फुकुसिमा नजिक ७.१ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार शनिबार राति ११ बजेर आठ मिनेटमा भूकम्प गएको हो ।

भूकम्पको केन्द्र प्रशान्त महासागरमा ५४ किलोमिटर भित्र थियो । भूकम्पको धक्का राजधानी टोकियोसहित दक्षिण पश्चिमी क्षेत्रका धेरै स्थानमा महसुस गरिएको थियो ।

प्राप्त समाचार अनुसार कम्तिमा १२ जना घाइते भएका छन् । जापानको सरकारी टेलिभिजन च्यानल एनएचकेले फुकुसिमास्थित न्युक्लियर प्लान्टमा क्षति पुगे/नपुगेको भन्ने विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।

सन् २०११ मा फुकुसिमामा गएको भूकम्पका कारण १८ हजारभन्दा धेरै जनाको ज्यान गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?