
२ फागुन, काठमाडौं । प्रहरीले भालुको पित्तसहित काठमाडौंबाट एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा संखुवासभा घर भई बुढानीलकण्ठ बस्ने ३२ वर्षका विगुल राई रहेका छन् ।
बुढानीलकण्ठ नगरपालिका–७ विष्णुमती चोकबाट आइतबार दिउँसो सवा १२ बजे १०३ ग्राम भालुको पित्तसहित उनलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा भालुको पित्तको मूल्य प्रति ग्राम २५ हजार रुपैयाँका दरले बिक्री हुने गरेको छ । उनीमाथि अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4