Comments Add Comment

हलमा नयाँ फिल्मको अभाव, ‘सानो संसार र कबड्डी ३’ रिलिज

नेपाल सरकारले पौष २६ गतेबाट हल सुचारु गर्न अनुमती दियो । १० महिनासम्म हल बन्द भएपछि मर्कामा परेका हल व्यवसायीहरु उत्साहित देखिए । तर, हल संचालनमा आएको एक महिना भन्दा बढी समय भएपनि निर्माताले चलचित्र रिलिजका लागि उत्साह देखाएका छैनन् । चलचित्रको छायांकन धमाधम भएपनि रिलिजका लागि भने निर्माता उत्साहित नदेखिदा हलमा चलचित्रको चरम अभाव देखिएको छ ।

यसैले पनि यतिबेला हलमा धमाधम पुराना नेपाली चलचित्र रिलिज भैरहेका छन् । माघ १ गतेबाट चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ रिलिज भएपनि यसले कुनै चमत्कार गर्न सकेन । यसपछि, साउथको हिन्दी डब चलचित्र ‘मास्टर’ रिलिज भयो । यसले पनि नेपाली बक्स अफिसमा उत्साह थपेन ।

यसैले, हल संचालकहरुले पुराना चलचित्र पुनः रिलिज गरेका छन् । भ्यालेन्टाइन डेको अवसरमा १३ बर्ष अगाडि रिलिज भएको चलचित्र ‘सानो संसार’ पुनः रिलिज गरिएको छ । यस्तै, गतबर्षको हिट चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ पनि हलमा फेरि रिलिज गरिएको छ ।

चैत्रको २७ गते अगाडि कुनै पनि नयाँ चलचित्र रिलिज हुने छैनन् । यसैले, हल व्यवसायीले पुरानै नेपाली चलचित्र चलाएर हल संचालन गर्नुपर्ने देखिन्छ । तर, अप्रिलको २ तारिखबाट हिन्दी चलचित्र ‘सूर्यवंशी’ रिलिज हुने भएपछि यसले केही उत्साह प्रदर्शकलाई थप्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment