+

वालिङलाई पराजित गर्दै विराटनगर महिला लिगको तेस्रो स्थानमा

२०७७ फागुन  ३ गते १७:४९ २०७७ फागुन ३ गते १७:४९
वालिङलाई पराजित गर्दै विराटनगर महिला लिगको तेस्रो स्थानमा

३ फागुन, काठमाडौं । वालिङ नगरपालिकालाई पराजित गर्दै विराटनगर महानगरपालिका राष्ट्रिय महिला लिग फुटबलको तेस्रो स्थानमा उक्लेको छ ।

सोमबार भएको खेलमा विराटनगरले वालिङलाई १-० ले हरायो । विराटनगरलाई साँघुरो जित दिलाउन आशा कुमारीले एक मात्र गोल गरिन् । उनले खेलको ३५औं मिनेटमा फ्रिकिकमार्फत गरेको गोल नै विराटनगरलाई ३ अंक दिलाउन पर्याप्त बन्यो ।

जितपछि ११ खेलबाट १६ अंक जोड्दै विराटनगर तेस्रो स्थानमा उक्लेको छ । समान खेलबाट १४ अंक रहेको वालिङ चौथो स्थानमा झरेको छ ।

१० खेलबाट ३० अंक जोडेको एपीएफ शीर्ष स्थानमा छ ।

राष्ट्रिय महिला लिग फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय