Comments Add Comment

म्यानमारमा आन्दोलनकारीलाई २० वर्षसम्मको जेल सजायको चेतावनी

४ फागुन, काठमाडौं । म्यानमारको सेनाले आफ्नो विरोध गर्ने प्रदर्शनकारीलाई २० वर्षसम्मको जेल हाल्न सक्ने चेतावनी दिएको छ । सेनालाई अवरोध पुर्‍याएको खण्डमा प्रदर्शनकारीलाई २० वर्षसम्मको जेल सजाय भोग्नुपर्ने चेतावनी दिइएको हो । म्यानमारमा निरन्तर सैन्य कूको विरोधमा प्रदर्शन भइरहेको अवस्थामा सेनाले यस्तो चेतावनी दिएको हो ।

यसअघि म्यानमारका प्रमुख सहरमा सेनाका ठूला गाडीहरु देखिएको थियो । पछिल्लो समय म्यानमारमा जारी आन्दोलनमा हजारौं मानिस सहभागी भएका छन् । उनीहरुले हिरासतमा लिइएका प्रजातन्त्रवादी नेताहरुको रिहाइ तथा प्रजातन्त्र पुनर्बहालीको माग गरिरहेका छन् ।

अहिले सेनाले ल्याएको नयाँ नियममा कसैले सेनाको विरुद्धमा बोल्ने वा लेख्ने, संकेत गर्ने वा भिडियो प्रस्तुति दिएको अवस्थामा उनीहरुले २० वर्षसम्मको जेल सजाय भोग्नुपर्ने हुन्छ । त्यस्तै मानिसको मनमा डर वा अस्थिरता पैदा गर्न खोज्नेलाई पनि तीनदेखि सात वर्षसम्मको सजाय हुने बताइएको छ । सेनाले आफ्नै सरकारलाई शनिबार अदालतको अनुमति विना नै २४ घण्टाभन्दा लामो समयसम्म जो कोहीलाई हिरासतमा राख्न सक्ने नियम ल्याएको थियो ।

साथै सेनाले पत्रकारहरुलाई पनि सेनाले गरेको सत्ता कब्जालाई कूको रुपमा व्यख्या नगर्न पनि निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

चर्चामा मलिका

Advertisment