+
+
WC Series
काठमान्डु गोर्खाज 2025
118/10 (16.5)
VS
Sudurpaschim won by 29 runs
Won सुदूरपश्चिम रोएल्स 2025
147/10 (20)
Shares

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीको सुरक्षा बढाइयो

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ६ गते १६:४६

६ फागुन, काठमाडौं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै प्रहरीसँग सुरक्षा मागेका छन् । अपरिचत व्यक्तिले टेलिफोनमा सम्पर्क गरेर भौतिक आक्रमण गर्ने धम्की दिइरहेको बताउँदै उनले सुरक्षा मागेका हुन् ।

‘सामान्य धम्कीहरु आइरन्थे, वास्ता गरेको थिइन’, डा. गिरीले अनलाइनखबरसँग भने, ‘पिएसओ (निजी सुरक्षा अधिकृत) लाई पनि मेरो ज्यानको खतरा भएको भन्दै फोन आउन थालेपछि प्रहरीलाई जानकारी गराएको हुँ ।’

मेडिकल कलेजलाई सम्बन्धन र स्नातकोत्तर तह (पीजी) को साझा प्रवेश परीक्षालाई व्यवस्थित र पारदर्शी बनाउन खोज्दा आफूमाथि आक्रमणको प्रयास भइरहेको डा. गिरीको भनाइ छ । यद्यपि, उनले सुरक्षा माग्दै प्रशासनमा औपचारिक निवेदन भने दिएका छैनन् ।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले मौखिक जानकारीकै आधारमा डा. गिरीको घर आसपासमा निगरानी र गस्ती बढाएको छ । वृत्तका प्रमुख डीएसपी रोशन खड्का भन्छन्, ‘उहाँको जानकारीका आधारमा अतिरिक्त सुरक्षा दिइरहेका छौं ।’

गिरीका अनुसार अघिल्लो महिना ६ माघमा बसुन्धरास्थित उनको घरको गेट अगाडि शंकास्पद वस्तु भेटिएको थियो । प्रहरी पुगेर हेर्दा बियरको बोतलमा पेट्रोल र सुतली राखेर तर्साउने प्रयास गरेको पाइएको थियो भने आँगनमा पनि पेट्रोल छर्किएको देखिएको डीएसपी खड्का बताउँछन् ।

घटनास्थलमा विजय थापा अध्यक्ष रहेको स्वतन्त्र युवा संगठन उल्लेखित पर्चा भेटिएको थियो । ‘पर्चामा झापाको बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंसँग २० करोड रुपैयाँ घुस मागेकाले कारबाही गर्न लागिएको भनिएको थियो’, डा. गिरी भन्छन् । थापा तिनै व्यक्ति हुन्, जो प्रसाईंको विएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिनुपर्छ भन्दै अनशसन बसेका थिए ।

डीएसपी खड्का डा. गिरीको घरमा शंकास्पद वस्तु राखिएको घटनाको छानबिन अझै जारी रहेको बताउँछन् । भन्छन्, ‘पर्चामा उल्लेखित व्यक्तिलाई पनि खोजी रहेका छौं ।’

आफ्नो अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिन उपाध्यक्ष गिरीले २० करोड घुस मागेको दाबी प्रसाईंले २०७६ मंसिरमा गरेका थिए । तर, डा. गिरीले पत्रकार सम्मेलन गरेर विकृत मनस्थिति भएका व्यक्तिले कुनै सत्यता नभएको आरोप लगाएको बताएका थिए ।

पछि डा. गिरीले प्रसाईंविरुद्ध अदालतमा मानहानीको मुद्दा हालेका थिए भने गुण्डागर्दी गरेर आफूलाई असुरक्षित बनाएको भन्दै जिल्ला प्रशासन कार्यालय, भक्तपुरमा पनि उजुरी पनि दिएका थिए । त्यसपछि प्रसाईंविरुद्ध पक्राउ पूर्जीसमेत जारी भयो । उजुरी परेपछि प्रसाईं फरार भए, पछि प्रशासनमा सुटुक्क उपस्थित भएर छुटे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?