Comments Add Comment

१७ औं दिनपछि भागरथीको अन्त्येष्टि गर्ने तयारी

७ फागुन, काठमाडौं । बलात्कारपछि हत्या भएको १७ औं दिनमा बैतडीकी किशोरी भागरथी भट्टको आज अन्तिम संस्कार गर्ने तयारी गरिएको छ । गोठलापानीबाट शवयात्रा सुरु गरी सेरास्थित महाकाली घाटमा अन्तिम संस्कार गर्ने तयारी छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भट्टको गत माघ २१ गते बलात्कारपछि हत्या भएको थियो । घरपरिवारका सदस्यहरुले दोषी पत्ता लगाउनुपर्ने र आवश्यक कानुनी कारवाही गर्नुपर्ने माग गर्दै शव उठाउन मानेका थिएनन् ।

प्रहरीले बुधबार चडेपानीकै दिनेश भट्टलाई आरोपित भन्दै सार्वजनिक गरेको थियो । दिनेशले पनि भागरथीका अभिभावकसामु आफूले नै हत्या गरेको स्वीकार गरेपछि भागरथीको परिवार दाहसंस्कार गर्न सकारात्मक भएका हुन् ।

यो पनि पढ्नुहोस भागरथीको हत्यापछि न्यायका लागि भएको प्रदर्शनमा सहभागी थिए आरोपी

भागरथीका काका लक्ष्मण भट्टले जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखसहित छलफल भइरहेको बताए । ‘हामी छलफल गरिरहेका छौं । प्रमाणहरु नष्ट नहोस् भन्ने हाम्रो उद्देश्य हो । त्यसको निचोडमा पुगेपछि शव उठाउने छौं,’ लक्ष्मणले भने ।

जिल्ला प्रहरी कार्यालय बैतडीका इन्सपेक्टर जनक धामीले पनि शव उठाउने तयारीमा रहेको बताए ।

गत माघ २१ गते विद्यालयबाट घर जान हिँडेकी भागरथीको साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकै रहेको स्थानीय लवलेक जंगलमा विभत्स र निर्वस्त्र अवस्थामा शव फेला परेको थियो । पोष्टमार्टम गर्दा उनको बलात्कारपछि हत्या भएको पत्ता लागेको थियो ।

यो पनि पढ्नुहोस भागरथीको हत्या आरोपीसम्म कसरी पुग्यो प्रहरी ? यो पनि पढ्नुहोस निर्मला पन्त हत्या प्रकरण सम्झाउने बैतडीको विभत्स घटना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment