+

लिभरपुलको खराब प्रदर्शन कायमै, एभरटनसँग २-० ले पराजित

२०७७ फागुन  ९ गते ७:५४ २०७७ फागुन ९ गते ७:५४
लिभरपुलको खराब प्रदर्शन कायमै, एभरटनसँग २-० ले पराजित

९ फागुन , काठमाडौं । प्रिमियर लिगको साविक विजेता लिभरपुलले यस सिजन खराब प्रदर्शन कायम राखेको छ । शनिबार राति भएको खेलमा लिभरपुल एभरटनसँग २-० ले पराजित भएको हो ।

सन् १९९९ पछि एभरटनले लिभरपुलको घरेलु मैदान एनफिल्डमा जित हात पारेको हो ।

एभरटनलाई जपत दिलाउन रिचालिर्सनले तेस्रो र जिल्फी सिगुरसनले ८३औं मिनेटमा गोल गरे ।

लिभरपुलले घरेलु मैदानमा यस सिजन लगातार चार खेल हारेको छ । शीर्ष डिभिजनमा सन १९२३ पछि यो पहिलो पटक हो ।

हारपछि २५ खेलबाट ४० अंक रहेको लिभरपुल छैटौं स्थानमै यथावत छ । २४ खेलबाट लिचरपुल समान अंक जोडेको एभरटन गोल अन्तरमा पछि पर्दै सातौं स्थानमा छ ।

लिभरपुल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय