+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

अस्ट्रेलियामा कोरोना खोप कार्यक्रम सुरु

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ९ गते १२:२३
Photo Credit : AFP

९ फागुन, काठमाडौं । अस्ट्रेलियामा कोरोना भाइरस (कोभिड–१८) विरुद्धको खोप कार्यक्रम सुरु भएको छ । अस्ट्रेलियाले यसअघि तय गरेको भन्दा एक दिनअघि नै कोरोना खोप कार्यक्रम सुरु गरेको हो ।

प्रधानमन्त्री स्कट मौरिसन र ८४ वर्षीय विश्वयुद्धमा बचेका जेन मालीसियकले कोरोना खोप लगाएसँगै अस्ट्रेलियामा कोरोना खोप कार्यक्रम सुरु भएको हो । उनीहरुले सिड्नीस्थित एक मेडिकल सेन्टरबाट फाइजर र बायोएनटेकले विकास गरेको कोरोना खोप लगाएका हुन् ।

‘हामी अहिले निकै महत्वपूर्ण काम गर्दैछौं’, प्रधानमन्त्री मौरिसनले भने, ‘यो सुरक्षित छ, यो महत्वपूर्ण पनि छ र हामीले यसलाई फ्रन्टलाइनमा सबैभन्दा जोखिममा रहेका मानिसबाट सुरु गर्नुपर्छ ।’

आइतबार सिड्नीमा केही वृद्ध मानिसका साथै फ्रन्टलाइन नर्स र कर्मचारीलाई पनि कोरोना खोप दिइएको थियो । आइतबार अस्ट्रेलियामा लगातार दोस्रो दिन कोरोनाका कुनै पनि संक्रमित फेला परेनन् ।

अस्ट्रेलियामा मार्च महिनासम्म जोखिमको आधारमा ४० लाख मानिसले कोरोना खोप पाउने अपेक्षा छ । आगामी अक्टोबरको अन्तिमसम्ममा मुलुकका सबै नागरिकलाई कोरोना खोप दिने अस्ट्रेलियाको लक्ष्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?