Comments Add Comment

स्वस्थ रहनका लागि कार्यक्षमता अनुसार भोजनको मात्रा

के तपाईंलाई थाहा छ तपाईंको क्यालोरी इन्टेक ? सबैको क्यालोरी इन्टेक फरक हुन्छ ।  यो कार्यक्षमता, तौल, कद र उमेरमा निर्भर गर्छ । चाहे घरबाहिर रोजगार गर्ने व्यक्ति होस् वा घरभित्रको कामधन्दा गर्ने नै, सबैलाई पौष्टिक तत्व जरुरी हुन्छ । किनभने सबैले कुनै न कुनै गतिविधि गरिरहेका हुन्छन् । शारीरिक वा मानसिक श्रम गरिरहेका हुन्छन् । यद्यपि उनीहरुको क्यालोरी इन्टेक एकनास हुँदैन ।

एक वयस्क पुरुषलाई दिनमा तीन हजार क्यालोरी र ३७ ग्राम प्रोटिन जरुरी हुन्छ । त्यसैगरी एक वयस्क महिलालाई दिनभरमा २२ सय क्यालोरी र २९ ग्राम प्रोटिन जरुरत हुन्छ । जब मान्छे धेरैजना वा अरुसँग बसेर खान्छन्, एक्लै बसेर खाँदाको तुलनामा ४४ प्रतिशत बढी खान्छन् । एक्लै खानुभन्दा धेरै जनासँग बसेर खाँदा बढी रमाइलो त लाग्छ तर शरीरमा बोसोको मात्रा पनि बढ्छ । बोसोले मोटोपन बढाउँछ । मोटोपनले अनेक रोगलाई जन्म दिन्छ ।

हरेक व्यक्तिको तौल उनको कद अनुसार हुनुपर्छ । अतः कद, तौल, उमेरका अनुसार नै तपाईंको क्यालोरी इनटेक तय गर्न सकिन्छ ।

हरेक दिन पाँच सय बढी क्यालोरी लिएमा आधा किलो तौल बढ्ने

एक सन्तुलित तौलभन्दा १० प्रतिशत बढी तौल हुनुलाई ओभरवेट भनिन्छ । साथै २० प्रतिशत बढी हुनुलाई मोटोपन भनिन्छ । यस्तो अवस्थामा क्यालोरी कम गर्ने र व्यायाम धेरै गर्नाले आदर्श तौल हासिल हुन्छ । यदि कुनै व्यक्ति हरेक दिन ५ सय क्यालोरी बढी लिन्छ भने एक हप्तामा उसको आधा किलो तौल बढ्छ । यसैगरी जसको तौल आदर्श तौलभन्दा कम छ उनीहरुले चाहि आफ्नो क्यालोरी बढाउनुपर्छ ।

कामकाजीले यस्तो डाइट गर्नु उचित

– कामकाजी व्यक्तिले व्यस्तताको कारण भोजनलाई नजरअन्दाज नगरौं । किनभने दिनमा तीन पटक सन्तुलित भोजन सही स्वस्थ्यका लागि जरुरी छ । शाकाहारी भोजन सबैभन्दा राम्रो हो । खाना ताजा हुनुपर्छ । यदि मांसाहारी हुनुहुन्छ भने रातो मासुको साटो माछा खानु उचित हुन्छ ।

– कामकाजी व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता राम्रो हुनुपर्छ । यसका लागि भिटामिन र खनिज बढी लिनुपर्छ । तरकारीमा तेलको प्रयोग कम गरौं, खुब पानी पिउने गरौं, फल, सब्जीको मात्रा बढाऔं । व्यायाम गरौं । सकारात्मक चिन्तन गरौं । खुसी रहने अभ्यास गरौं । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

-राती सुत्नु दुई वा तीन घण्टा अभि नै भोजन गरौं । प्राणायाम र व्यायाम गरौं । ध्यान गरौं, खेलौं, संगीत सुनौं । दैनिक कामकाज तनावमुक्त भएर गरौं । पहिला तनावमुक्त हुनुहोस् र त्यसपछि मात्र खाना खाऔं ।

तपाईं घरमा बस्नुुहुन्छ वा कार्यलयमा, जहाँ भएपनि सन्तुलित खुराक लिनुपर्छ । अन्न, दाल, सब्जी, फल, दूध, अन्डा, मासु, माछा आदि मिलाएर खाने गर्नुहोस् । भिटामिन ए, सी, ईका लागि फल र सब्जी खानुपर्छ । गुड फ्याटका लागि बदाम, तीलको सेवन राम्रो हुन्छ । यसले शरीरमा ओमेगा थ्रि फ्याटी एसिड पनि मिल्छ । खानामा तेल र नुन नियन्त्रण गरौं । कृतिम खानेकुरा निषेध गरौं । प्याकेटबन्दा खानेकुरा नियन्त्रण गरौं । ताजा, मौसमी खानेकुरामा जोड दिऔं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment