+
+
Shares

मेक्सिकोको एयरफोर्सको विमान दुर्घटना, ६ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १० गते १४:५४
Photo Credit : REUTERS

१० फागुन, काठमाडौं । मेक्सिकोको एयर फोर्सको विमान आइतबार दुर्घटना भएको छ । मेक्सिकोको पूर्वी राज्य भेराक्रुजको विमानस्थलनजिकै यो विमान दुर्घटना भएको हो । दुर्घटनामा परी विमानमा सवार ६ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् । विमान के कारणले दुर्घटना भएको हो भन्ने अझै खुल्न सकेको छैन ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोमा दुर्घटनामा परेको विमानबाट उद्धारकर्ताहरुले मानिसको खोजी गरिरहेको देखिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएअनुसार यो विमान मेक्सिको सिटीबाट छालपाको लागि उडेको थियो ।

अहिले मेक्सिकोको सेनाले दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको छ । अहिलेसम्म ६ जना पीडितको पनि पहिचान नखुलेको र विमानमा कति मानिस थिए भन्ने पनि खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?