Comments Add Comment

झापा र मकवानपुरमा २ जना मृत अवस्थामा भेटिए

प्रतीकात्मक तस्वीर

१४ फागुन, काठमाडौं । झापाको अर्जुनधारा नगरपालिका-५ ठाकुर मन्दिर पछाडि एकजना मृत अवस्थामा फेला परेका छन् । पहिचान खुल्न नसकेका अन्दाजी ५० वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१२ गुम्बाडाँडास्थित गुप्तेश्वरी जंगलमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् । हेटौंडा उपमहानगरपालिका गोठदमार बस्ने ४० वर्षीय केशव विक सुनार बिहीबार मृत अवस्थामा फेला परेका हुन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment