Comments Add Comment

रिचार्लिसनको निर्णायक गोलमा एभरटन विजयी

१८ फागुन काठमाडौं । रिचार्लिसनको एकमात्र गोल मद्दतमा एभरटनले प्रिमियर लिगमा साउथह्याम्पटनलाई पराजित गरेको छ ।

सोमबार राति भएको खेलमा एभरटनले घरेलु मैदानमा साउथह्याम्पटनलाई १-० ले पराजित गरेको हो ।

घरेलु एभरटनका लागि रिचार्लिसनले नवौं मिनेटमा निर्णायक गोल गरे ।

२६औं मिनेटमा माइकल किनले गोल पनि भीएआरको सहायताबाट रेफ्रीले त्यसलाई अफसाइड दिएका थिए ।

जितपछि एभरटनले २५ खेलमा लिभरपुल समान ४३ अंक जोडेको छ । तर गोल अन्तरमा एभरटन पछि छ र सातौं स्थानमै यथावत छ । लिभरपुलले २६ खेल खेलेको छ ।
साउथह्याम्पटन २६ खेलमा ३० अंकसहित १४ औं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment