Comments Add Comment

म्यानचेष्टर युनाइटेड बराबरीमा रोकियो

२० फागुन, काठमाडौं । प्रिमियर लिगको दोस्रो स्थानमा रहेको म्यानचेष्टर युनाइटेड क्रिस्टल प्यालेससंग बराबरीमा रोकिएको छ ।

बुधबार राति क्रिस्टल प्यालेसको घरेलु मैदानमा भएको गोलरहित बराबरीमा टुङ्गिएको हो । बराबरीपछि दुवै टिमले समान १ अंक जोडे ।

खेलमा दुवै टोलीले गोलका केही अवसर पाएपनि सदुपयोग गर्न सकेनन् ।

युनाइटेड बराबरीमा रोकिँदा शीर्ष स्थानको म्यानचेष्टर सिटीलाई फाइदा पुगेको छ । युनाइटेडभन्दा सिटी १४ अंकले अघि छ र उपाधि होड मजबुत बनाउँदै छ ।

२७ खेलबाट सिटीको ६५ अंक छ भने युनाइटेडको समान खेलबाट ५१ अंक छ । क्रिस्टल प्यालेस २७ खेलबाट ३४ अंकसहित १३औं स्थानमा छ ।

त्यसअघि तेस्रो स्थानको लेस्टर सिटीले बर्नलीसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको थियो । त्यसको फाइदा युनाइटेडले उठाउन सकेन ।

चौथो मिनटेमै माटेज भाइड्राले गोल गर्दै घरेलु टोली बर्नलीलाई अग्रता दिलाएका थिए । तर ३४औं मिनेटमा लेस्टरका केलेची इहनाचोले बराबरी गोल फर्काए । बराबरीपछि लेस्टर २७ खेलबाट ५० अंकसहित तेस्रो स्थानमै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment