Comments Add Comment

नवलपुरको हर्कपुरमा फाइनप्रिन्ट फिभर हुँदै

२० फागुन, काठमाडौं । कोरोना भाइरस महामारीका कारण बढेको लेखक र पाठकबीचको दूरी घटाउन भन्दै प्रकाशक फाइन प्रिन्टले अन्तर्क्रियात्मक कार्यक्रम फाइन प्रिन्ट फिभरको आयोजना गरेको छ ।

नवलपुरको गैंडाकोट नगरपालिकाको हर्कपुरमा चौधरी फाउन्डेसनले सञ्चालनमा ल्याएको उन्नति कल्चरल भिलेजमा फागुन २८ देखि २९ सम्म फाइनप्रिन्ट फिभर आयोजना गरेको हो ।

फाइनप्रिन्टबाट २०७७ सालमा प्रकाशित कृतिका प्रायः लेखक उक्त कार्यक्रममा सहभागी हुने र बौद्धिक विमर्शका सत्र सञ्चालन हुने फाइन प्रिन्टले जनाएको छ । यो कार्यक्रमले पाठक एवं लेखकलाई नजिक्याउने बौद्धिक बहसको क्रमलाई निरन्तरता दिने फाइन प्रिन्टले जनाएको छ ।

फाइनप्रिन्ट फिभरमा एक ज्यान दुई जुनीका लेखक देवेन्द्रराज पाण्डे, गुमनाम आमाहरूको कथाका लेखक डा. बाबुराम भट्टराई, जिजीविषाकी लेखक मनीषा कोइराला, देश देशावरका लेखक जीवा लामिछाने, पुँजीवाद र स्वतन्त्र समाजका आधारशीलाका अनुवादक मुराहरि पराजुली, कका लेखक असीम सागर, कबाल्स एन्ड कार्टेल्सका लेखक राजीव उपाध्याय, बिटविन क्विन्स एन्ड द सिटिजका लेखक निरञ्जन कुँवर र रहरका लेखक सुरेश बडाल सहभागी हुन्छन् ।

उक्त अवसरमा रवीन्द्र मिश्रको नयाँ कृति राजनीतिसँगै राजकाज पुस्तकमा केन्द्रित रहेर सञ्चारकर्मी रवि लामिछानेले संवाद गर्ने कार्यक्रम पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment