Comments Add Comment

अस्ट्रेलियाले तोड्यो म्यानमारको सेनासँगको सम्बन्ध

Photo Credit : AFP

२४ फागुन, काठमाडौं । अस्ट्रेलियाले म्यानमारको सेनासँगको सम्बन्ध तोड्ने निर्णय गरेको छ । म्यानमारको सत्ता आफ्नो हातमा लिएको भन्दै अस्ट्रेलियाले म्यानमारसँगको रक्षा सहकार्य कार्यक्रम रद्द गर्ने निर्णय गरेको हो । पछिल्लो समय म्यानमारमा सैन्य कूको विरोधमा जारी आन्दोलनको क्रममा हिंसा भड्एिको र मृत्यु हुनेको संख्या पनि बढ्दो क्रममा रहेको अवस्थामा अस्ट्रेलियाले यस्तो निर्णय गरेको हो ।

अस्ट्रेलियाकी विदेशमन्त्री मेराइज पेनले मुलुकमा निस्किएको आन्दोलन दबाउन चालेका कदमको विरोधमा अस्ट्रेलियाले यस्तो निर्णय गरेको बताइन् । फेब्रुअरी १ मा म्यानमारको सेनाले प्रजातन्त्रवादी नेताहरुलाई हिरासतमा लिँदै सत्ता आफ्नो हातमा लिएको थियो । त्यसयता म्यानमारमा निरन्तर सेनाविरुद्धको प्रदर्शन चलिरहेको छ । पेनले म्यानमारको सेनालाई हिंसा रोक्दै म्यानमारमा शान्ति कायम गर्न आग्रह गरेकी छिन् ।

द्वन्द्वभन्दा बाहिरको क्षेत्रमा म्यानमारको अस्ट्रेलियासँगको सहकार्य सन् २०१७ मा राखाइनमा रोहिंग्या मुस्लिममाथि भएको दमनका बीचमा पनि जारी थियो ।यस किसिमको द्विपक्षीय सहकार्यमा अंग्रेजी भाषा प्रशिक्षणको तालिमलगायतका कार्यक्रमहरु थिए ।

-एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment