Comments Add Comment

बुटवलको दियालो फुडल्याण्डमा आगलागी

२७ फागुन, बुटवल । बुटवलको मिलनचोकमा रहेको दियालो फुडल्याण्डमा आगलागी भएको छ । गएराति करिब १ः३० बजे फुडल्याण्डको माथिल्लो तलामा रहेको रेष्टुरेन्टमा आगलागी भएको हो ।

आगलागीबाट रेष्टुरेण्ट रहेको माथिल्लो तलामा रहेका सामान जलेर पूर्णरुपमा नष्ट भएका छन् । केही कामदार रेष्टुरेन्टमै सुतेका भए पनि आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

बुटवल उपमहानगरपालिकाको दमकलले करिब तीन घण्टामा आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यलय बुटवलका प्रमुख डीएसपी प्रतितसिंह राठौरले बताए । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । आगलागीको समयमा फुडल्याण्डको तल्लो तलाका सबै सटर बन्द थिए ।

घटनाबारे अनुसन्धान भइरहेको डीएसपी राठौरले बताए । फुडल्याण्डका प्रवन्धक मदन भण्डारीले आगलागीबाट डेढ करोडको क्षति भएको दावी गरेका छन् । प्रहरीले भने क्षतिको यकिन विवरण आउन बाँकी रहेको जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment