+

लिभरपुल क्वाटरफाइनलमा

२०७७ फागुन  २७ गते ९:३६ २०७७ फागुन २७ गते ९:३६
लिभरपुल क्वाटरफाइनलमा

२७ फागुन, काठमाडौं । इंग्लिस क्लब लिभरपुल युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

अन्तिम १६ मा जर्मन क्लब आरबी लाइजिगलाई समग्रमा ४-० ले पराजित गर्दै लिभरपुल क्वाटरफाइनल पुगेको हो ।

बुधबार राति भएको दोस्रो लेगमा लिभरपुलले आरबी लाइपजिगलाई २-० ले पराजित गरेको हो । यसअघि पहिलो लिगमा पनि लिभरपुल २-० ले नै विजयी भएको थियो ।

हंगेरीको पुस्कास एरिनामा भएको दोस्रो लेगमा लिभरपुलका लागि मोहमद सालाह र साडियो मानेले एक एक गोल गरे ।

लिभरपुलले अन्तिम २० मिनेट भित्र दुई गरेको थियो । ७०औं मिनेटमा सालाहले गोल गर्दै लिभरपुललाई १-० को अग्रता दिलाए ।

त्यसको चार मिनेटपछि मानेले गोल गर्दै लिभरपुललाई २-० को जित दिलाए ।

 

लिभरपुल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय